१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः रोमा माथि लिभरपुलको सानदार जित

लिभरपुल – च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ।प्

रतियोगिताअन्तर्गत मंगलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हरायो।

लिभरपुलका लागि ३५ र ४५ औं मिनेटमा मोहम्मद सलाह, ६१ र ६८ औं मिनेटमा रोबर्टो फिर्मिनो तथा ५६ औं मिनेटमा साडियो मानेले गोल गरे। पराजित टोलीका लागि ८१ औं मिनेटमा एडिन जेको र ८५ औैं मिनेटमा डिएगो पेरोटीले एक–एक गोल फर्काएका थिए। यी दुई टोलीबीचको दोस्रो लेग आउँदो २० गते हुनेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइलनमा खेलमा आज राति साविक विजेता रियल मड्रिड र वार्यन म्युनिखबीच प्रतिस्पधा हुँदैछ।

 

प्रकाशित: १२ वैशाख २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App