पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने : दाहाल

मङ्गलबार, ११ बैशाख २०७५, १९ : ०६ नागरिक

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन्।

प्रेस सेन्टर चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो। म पनि व्यस्त नै छु। यसले थोरै ढिलो भएको हो।’ समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने उहाँको भनाइ थियो।

पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उनले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताए। दाहालले भने, ‘हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने हाम्रो चाहना छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जुत्ता अनुसारको खुट्टा बनाउने भन्ने भनाइ प्रतीकात्मक भएको बताउँदै उनले भने, ‘लेनिनले के गर्ने भन्ने पुस्तक लेख्दा बरु सय चोटि नाप्ने तर खुट्टा अनुसारको जुत्ता बनाउने भन्ने कुरालाई उनले प्रतीकात्मक रुपमा उठाए। हामी त्यस्तो ठाउँमा आएका छौं। खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्ने छ भन्नुभएको हो।’

अर्को एक प्रसंगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने । यस बाहेक अरू छलफल पनि हुने कार्यक्रम छ।’ उनले दुई देशबीचको सम्बन्ध सुधार भइरहेको पनि बताए। रासस







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad