बिप्लव माओवादीद्वारा पत्रकार कुटिए

शनिबार, ११ भदौ २०७३, १७ : २८ नागरिक

इटहरी- नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरेका छन्।  

बिप्लप समूहमा संखुवासभामा खटिएका दिपक विष्ट  नेतृत्वको तीन जनाको समूहले इटहरी वडा नं. ४ हलगढामा शुक्रबार राति ८.३० बजे फूयँललाई कुटपिट गरेको हो। सोही वडामा डेरा लिएर बस्दैं आएका फूयँल होटलमा खाना खानका लागि पुगेका बेला बिष्ट नेतृत्वको समूह बसीरहेको थियो। ‘म होटलमा पुग्दा मेरो बारेमा निकै त्यो समूहले सोधीखोजी गर्यो। राम्रै नियतले सोधीखोजी गरेको ठानेर केही बेर गफ समेत भयो,’ फूयँलले भने, ‘अन्तिममा डेरातिर लाग्ना खोज्दा बाटो पश्चिमतर्फ केही बेर काम छ भनी कुटपिट गरे।’

कुटपिट गर्दा बिप्लप समूहले सुनसरीमा तहल्का मच्चाएको बारे केही थाहा छ?  भनी प्रश्न सोधेको थियो। बिष्ट नेतृत्व समूहले फूयाँलले आफूलाई थाहा नभएको बताएपछि ‘सुराकी पो हो कि क्या हो’ भन्दै कुटपिट गरि क्यामेरा समेत फुटाएर क्षती पुर्याएका छन्।

बिप्लप माओवादीका नेता रामप्रसाद राईले बिष्ट आफ्नो समूहका कार्यकर्ता भएको बताउँदै संखुवासभामा जिम्मेवारी तोकिएपनि केही समयदेखि इटहरीको हलगढामा डेरामा बस्दैं आएका बताएका छन्।  पत्रकार फूयाँललाई बिष्टले व्यक्तिगत रुपमा के गरे टुंगो नभएको र पार्टीको संलग्नत भने नभएको जिकिर गरेका छन्।

पत्रकार फूयँलले घटनामा संलग्नलाई पक्राउ गरि कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन् । फूयँललाई कुटपिटको घटनालाई संवेदनशील मानेर प्रहरी परिचालन गरि सकिएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । पत्रकार फूयँल कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखालगायतका अन्य सञ्चार सम्बद्ध संस्थाले निन्दा गदैं दोषीलाई अबिलम्ब पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad