माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

मङ्गलबार, ११ बैशाख २०७५, १० : ०५ नागरिक

इलाम – इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो भने झापा ११ सिधै वाई पाएर अघिल्लो चरणमा प्रवेश गरेको हो। यसअघि सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मनाङ मर्स्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ।

वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक  गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad