१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौं- शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार साेमबार कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो। स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो।

बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ बिन्दुले ओरालो लागेको छ। 

प्रकाशित: १० वैशाख २०७५ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App