१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

त्रिशुली बस दुर्घटनाका १४ मृतकको रौतहटमा अन्त्यष्टी

गौर(रौतहट)– शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड चण्डिभञ्ज्याङस्थित त्रिशुली नदीमा यात्रु बस खसेर भएको दुर्घटनामा मृत्यु भएका १४ जनाको शनिबार अनत्यष्टी गरिएको छ।

घटनामा मृत्यु भएका १३ जनाका स्थानीय घाटमा हिन्दुपरम्परा अनुसार सामुहिक अन्त्यष्टि गरिएको हो। र, अर्का एक जनाको मुस्लिम परम्पराअनुसार अन्त्यष्टि गरिएको छ।

दुर्घटनामा मृत्यु भएका १८ जनाको शव रौतहट आएको मध्ये ४ जना भारतीय नागरकिको शव भारत पठाइएको छ।

घटनामा अन्य व्यक्ति अझै वेपत्ता छन्। रौतहटका मुडवला गाविसका ५ मध्ये ३ जना अझै बेपत्ता रहेका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहान सबेरै ग १ ख ३७९० नम्बर बस त्रिशुलीमा खस्दा २२ को मृत्यु भएको थियाे। घटनामा १६ घाइते छन्।

नदीमा केही हराइरहेको जनाइए पनि संख्या यकिन छैन।

प्रकाशित: ११ भाद्र २०७३ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App