१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

खोटाङ– खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो। गत भदौ १ गतेदेखि काम सुरु गरेको टेलिकमले ल्याण्डलाइनको ४२ स्टेन्ज लाईन जडान गरिसकेको जनाएको छ।

खोटाङबजारमा ९६ स्टेन्ज लाइन जडान गर्ने लक्ष्य राखिएको टेलिकमका शाखा प्रमुख भरोसी शाहले बताए। शाहाले भने, ‘केही स्थानमा फोनसहित ४२ वटा एडिएसएल ईन्टरनेट जडान गरिएको छ, मागअनुसार एडिएसएल जडान गरिंदै छ। टेलिकमले काहुले र हुम्मापोखरीडाँडामा रहेको टेलिकमको टावरमार्फत खोटाङबजारलाई लक्षित गर्दै २ सय  क्षमताको नेटवर्क तथा चिसापानी बजारलाई लक्षित गर्दै १ सय ५० क्षमताको नेटवर्क सञ्चालनमा ल्याएको छ । सिम्पानीबजारमा पनि केही समयपछि ल्याण्डलाइन बिस्तार गर्ने शाहले जनाए ।

जिल्लाको सिम्पानी, जालपा, बाक्सीला, बुईपा र अर्खौलेलगायतका बजारमा ल्याण्डलाइन बिस्तार गर्ने लक्ष्यअनुसार टेलिकमले चिसापानी र खोटाङबजारमा नेटवर्क सञ्चालनमा ल्याएको हो। टेलिकमले यसअघि हलेसी र एसेलुखर्कमा ल्यण्डलाइन बिस्तार गरिसकेको छ। यसअघि ल्याण्डलाइन टेलिफोन सदरमुकाम दिक्तेलमा मात्र सञ्चालनमा थियो। टेलिकमका अनुसार दिक्तेलमा ८९, हलेसीमा ८९, ऐसेलुखर्कमा ९९ वटा स्टेन्ज लाइन जडान गरिएको छ।

 

प्रकाशित: ११ भाद्र २०७३ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App