१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

काठमाडौं – निर्देशक प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ एनएफडीसी पुरस्कारको सर्वाधिक ८ विधामा मनोनयन भएको छ।

यो फिल्म ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र सँगै प्रदिप भट्टराई ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, दीपकराज गिरी  र प्रदिप भट्टराई ‘चेतन’ सर्वोत्कृष्ट लेखन’, हरिवंश आचार्य र प्रदिप भट्टराई सर्वोत्कृष्ट पटकथा तथा संवाद, मित्र डी गुरुङ ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक’, कविराज गहतराज ‘बसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक’, अमित श्रेष्ठ ‘प्रदीप’ सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण’ र सुजिल कर्माचार्य ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत’ विधाको मनोनयनमा परेका छन्। सिनेमा हलमा पाँचौं हप्तामा चलिरहेको फिल्मलाई वर्षको दोस्रो सर्वाधिक सफल फिल्मको रुपमा हेरिएको छ।  

त्यस्तै फिल्म ‘शत्रु गते’लाई टक्कर दिँदै ‘लिलीबिली’ पनि समान  ८ विधामा मनोनयनमा परेको छ। दोस्रो हप्तामा चलिरहेको फिल्मबाट ‘हिरा’ सर्वोत्कृष्ट चलचित्रको रुपमा  मिलन चाम्स ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशकमा मनोनयनमा परेसँगै, जसिता गुरुङ ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री, प्रदिप भारद्वाज ‘चेतन सर्वोत्कृष्ट लेखन, सुदिप बराल ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, अर्जुन जिसी ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक’, मुकेश शाह ‘प्रदीप’सर्वोत्कृष्ट ध्वनि मुद्रण’ र एलिस कार्की ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा परेका छन्।

यी फिल्मबाहेक सर्वाधिक मनोनयनमा ‘छक्का पन्जा २’, ‘भूइँमान्छे’, ‘प्रेमगीत २’, ‘मंगलम’, ‘कृ’, ‘ऐश्वर्य’, ‘ए मेरो हजुर २’, ‘घामपानी’ लगायतका फिल्म छन्।

अवार्डमा प्रदिप खड्का, दयाहाङ राई, अनमोल केसी, पल शाह पुष्पल खड्का ‘अभिनेता’को मनोनयनमा पर्दा साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, शिल्पा पोखरेल, केकी अधिकारी र बेनिशा हमाल ‘अभिनेत्री’को मनोनयनमा छन्।

आयोजक एनएफडिीले नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका ८३ फिल्म तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू तथा प्राविधिकहरू राष्ट्रिय चलचित्र पुरस्कारका छनौट भएको जनाएको छ।

१६ विधा बाट शुरु भएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ यो वर्ष देखि कूल २३ विधामा प्रदान गरिने जनाएको छ। अवार्डको जुरीमा संगीतकर्मी शुभबहादुर सुनाम संयोजक तथा छायाँकार मञ्जुकुमार श्रेष्ठ, साउन्ड इन्जिनियर प्रदिप उपाध्यााय र चैत्यदेवी सिंह सदस्य छन्।

२० प्रतिस्पर्धी विधासँगै आयोजकले एउटा फिल्मलाई मह क्रिटिक्स अवार्ड र सर्वाधिक व्यवसाय गर्ने अर्को फिल्मलाई कुसुमेरुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार प्रदान गर्नेछ। त्यसैगरी एक चलचित्र पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: ९ वैशाख २०७५ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App