१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीको कविलासी नगरपालिकास्थित सिर्सियामा गहुँ काट्दै किसान। तस्बिर : टंक/नागरिक

सर्लाही – सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

चैत १५ गतेको असिना पानीले जिल्लाको दक्षिणपश्चिममा पर्ने बलरा नगरपालिकामा भित्र्याउने बेलाको गहुँमा निकै क्षति पुगेको थियो।

बलरा नगरपालिका अन्तर्गत हथियौल, मिर्जापुर, सुदामा, छतौना लगायत गाउँमा असिना पानीले घर भित्र्याउने बेला भएको गहुँ पूर्ण रुपले नष्ट पारेको स्थानीय रविन्द्र महतोले बताए।

२४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत काशिराज हमालले जानकारी दिए। ‘गत वर्षभन्दा एक हजार हेक्टर कम क्षेत्रफलमा गहुँ खेती भएको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘त्यसैले उत्पादन पनि घटेको छ।’ उखु खेतीतर्फ किसान आकर्षित भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको हमालले बताए। त्यस्तै यस वर्ष अकासे पानी पर्याप्त नपरेका कारण पनि गहुँमा फसल कम लागेको किसानले बताएका छन्।

हमालका अनुसार यस वर्ष ६५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको अनुमान गरिएको छ। गत वर्ष ७० हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो।

प्रकाशित: ९ वैशाख २०७५ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App