१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

करातेमा नेपाललाई ३ स्वर्ण

काठमाडौं – अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

सिडनीको लिभरपुलस्थीत स्पोर्टस एरीनामा सम्पन्न प्रतिस्पर्धाको पहिलो दिन नेपालकी अनु अधिकारी, मलिका थापा तथा ३५ वर्ष माथिको समूहमा बिनोद शाक्य गुभाजुले स्वर्ण पदक जितेका हुन्। यस्ते, दिवस श्रेष्ठले रजत पदक हात पारे।

हेभिवटका खेलाडी दिगम्बर पन्त भने सेमिफाइनलमा अफ्रीकन प्रतिद्धन्द्धीसँंग पराजित हुँदै कास्य पदकमा समेटिए। दश राष्ट्र सहभागि भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा अनु अधिकारीले अस्ट्रेलियन प्रतिद्धन्द्धीलाई ३–० को फराकिलो अन्तरले हराइन।

यस्तै, मलिकाले भिक्टोरियन प्रतिद्धन्द्धीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्दा साफ मेडलिस्ट बिनोद शाक्यले ३५ वर्ष माथिको भिडन्तमा सिडनीका रोपर एलनलाई हराउँदै शनिबार स्वर्ण पदक हात पारे।

प्रकाशित: ९ वैशाख २०७५ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App