१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

काठमाडौं – चाइना टाउन कबल धनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ। अनेकतामा एकता नारा सहित काठमाडौंको सुन्धारामा रहेको चाइना सपिङ सेन्टरमा गठित संघले समयको माग र ग्राहकको चाहना अनुसार आधुनिक ढंगबाट व्यापार प्रवद्र्धन गर्ने समेत निर्णय गरेको छ।

चाइना टाउनलाई आगामी दिनमा सबैको छनोटमा पर्ने सपिङ कम्प्लेक्स बनाउन पहल गर्ने संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठले बताए। बजारमा प्रतिस्पर्धा चलिरहेको बेला सम्पूर्ण कबल धनीहरु एकजुट भएर योजनाबद्ध ढंगले काम गर्ने हो भने चाइना सपिङ सेन्टर देशकै उदाहरणीय किनमेल केन्द्र बन्नेमा उनले जोड दिए।

व्यापार संघसँग समन्वय गरेर कम्प्लेक्सको हितको विषयमा गहन छलफल गरी अगाडि बढ्ने संघका कार्यकारी सदस्य रजत श्रेष्ठले जानकारी दिए। संघले शनिबार प्रेस विज्ञप्ति निकालेर सपिङ सेन्टरका गतिविधि पनि सार्वजनिक गरेको छ।

प्रकाशित: ९ वैशाख २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App