१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गढीमाइ नगरपालिकाका वडा अध्यक्षको निधन

रौतहट – रौतहटका एक वडा अध्यक्षको निधन भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जोगिदास तत्माको शनिबार मस्तिस्क घात भएर ज्यान गएको हो ।

गाउँकै नयाँ सडक ढलान गराउनको लागि स्थानीय समनपुर बजारमा सिमेन्ट लोड गराउने क्रममा सोमबार बिहान उच्च रक्त चापको कारण उनी बेहोस भएका थिए । उनलाई समनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचार पश्चात थप उपचारका लागि एलएस न्युरो जेनरल हस्पिटल बीरगंज पठाइएको थियो ।

मस्तिस्कघात भएर टाउकोमा रगत जमेको कारण शनिबार उपचारको क्रममा उनको निधन भएको गढीमाइ नगरप्रमुख श्याम यादवले बताए । गाउँ नजिकै रहेको बाग्मती नदीमा उनको पार्थिव शरिरलाई नेपाली झण्डा ओढाएर अन्त्येस्टि गरिएको छ।

वडा अध्यक्षको निधनपश्चात गढीमाइ नगरपालिकाले शोकमा आइतवार एक दिनको लागि सार्वजनिक बिदाको घोषणा समेत
गरिएको मेयर श्याम यादवले बताए।

प्रकाशित: ८ वैशाख २०७५ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App