वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

शनिबार, ०८ बैशाख २०७५, ०८ : ५५ नागरिक

9628


  स्वामी आनन्द अरुण

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो ।

वैशाख पूर्णिमाकै दिन निरञ्जना नदीको तटमा ३५ वर्षको उमेरमा बोधगयाको बोधिवृक्ष मुनी उनलाई निर्वाण प्राप्त भयो । र, वैशाख पूर्णिमाकै दिन कुशीनगरमा दुई साल वृक्ष मुनी ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त भयो । यी तीनै घटना वैशाख पूर्णिमाकै दिन भयो । त्यसैले बुद्ध पूर्णिमा एक त्रियोग हो।

बुद्ध हुने सम्भावना सबैको हुन्छ र ध्यानले जो सुकैपनि बुद्ध बन्न सक्छ भन्ने बुद्धको मुख्य देशना पनि हो । त्यसैले यो पावन दिनलाई विश्व ध्यान दिवस मनाउन संयुक्त राष्ट्र संघमा प्रस्तावना नेपालले राख्ने संकल्प गरौँ र राष्ट्रिय रूपमा ध्यान दिवस मनाउन यही २०७५ को बुद्ध पूर्णिमाको दिन लुम्बिनीबाटै गरौँ ।  

प्रस्तावनाको पृष्ठभूमि तथा औचित्य

योग र ध्यानको उत्पत्ति हिमाली क्षेत्रमा भएको हो । यसलाई सर्वप्रथम वैज्ञानिक रूप दिने व्यक्ति शिव हुन्  । शिव हिमाली क्षेत्रमा बस्थे र उनका पहिला शिष्य सप्तऋषि थिए । योगलाई व्यवस्थित तथा वैज्ञानिक रूप दिने ऋषि भने हिमाली क्षेत्रकै कश्मीरमा जन्मेका पतञ्जली हुन्।

हिमालको काखमा रहेको नेपाल परापूर्वकाल देखि नै योगी, तपस्वी, साधकको साधना स्थलको रूपमा रहिआएको छ । आत्मबोधको पथमा लागेका लाखौँ साधकलाई हिमालयले अनवरत् रूपमा आश्रय र प्रेरणा दिइआएको छ । यही क्षेत्रबाट विश्व भाइचारा, बन्धुत्व, सर्वहितकारी उपनिषदको दर्शन उत्पति भयो । यही क्षेत्रमा आज भन्दा पच्चिस सय ६३ वर्ष अघि गौतम बुद्धको पनि जन्म भयो।

बुद्ध पहिलो ऐतिहासिक व्यक्ति हुन् जुन कुनै कथा र मिथकद्वारा छेकिएका छैनन् उनको जन्मस्थली, बोधिप्राप्त गरेको स्थान र महापरिनिर्वाण गरेको स्थानहरूमा अब कुनै विवाद छैन । बुद्धले दिएको शान्तिको मार्गमा दुःखबाट मुक्तिको उपाय सुझाइको छ । यो दर्शनको लोकप्रियता आज विश्वभरी दिनानुदिन बढ्दै गइरहेको छ । बुद्ध धर्म नेपाल हुँदै चीन र त्यसपछि जापान पुगेको हो । भारतमा बुद्ध धर्मको पतन हु“दा नेपालले धेरै बौद्धहरूलाई आश्रय दिएको ऐतिहासिक तथ्य पनि हाम्रा सामु छन्।   

बुद्ध नेपालमा जन्मेका हुन् भनेर देश भित्रमात्र हल्ला गर्नुभन्दा विश्वको साझा मञ्च संयुक्त राष्ट्र संघमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउने दिनको लागि समर्थन जुटाउन सके बुद्धको देश नेपाल भनेर स्वतः हामी चिनिनेछौँ । यसबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव पनि बढ्ने छ र तीन करोड नेपालीको शिर आत्मसम्मानले ठाडो हुनेछ।

 बुद्धले शील, समाधि र प्रज्ञाको सम्यक अभ्यासद्वारा सबै दुःखका कारणहरूबाट मुक्त पाउने एक आर्यमार्ग प्रस्तुत गरे । आज विश्वमा शान्तिको जति जरुरी छ त्यति कहिल्यै थिएन । त्यसैले बुद्ध आज अझ सान्दर्भिक छन्।

मानिस तकनिकीको अनेकौँ सुविधाले घेरिएर पनि आनन्दित र शान्त छैन । दुई विश्व युद्धको विभिषिका झेलेको विश्वले हातहतियारले गरेको विध्वंसको उग्ररूप परमाणुबमको विस्फोटबाट भोगिसेकको छ । सृजनशील र मानव हितका लागि उपयोगी विज्ञान विध्वंस गर्ने असीमित सम्भावना बोकेर अघि बढिरहेको छ । आफूले विकास गरेको विज्ञानले आज मानिसलाई सुखी बनाउनुको साटो तनाव, विषाद, अनिदोपन र युद्धको किनारमा ल्याएर छाडेको छ ।

शारिरीक रोगहरूको रोकथाममा स्वास्थ्यका लागि अनेक विकसित देशमा एक तिहाईसम्म बजेट खर्च भइरेको परिप्रेक्षमा विकराल चुनौतिको रूपमा देखिएका अनेकन जटिल मानसिक रोगहरूले मानिसको स्वास्थ्यलाई अझ जोखिममा पार्दै गइरहेको छ।

आजको युगमा शारीरिक रोगभन्दा मानसिक रोगले अझ विकराल रूप लिइरहेको छ। मानसिक रोग भनेको यस्तो अवस्था हो, जतिखेर व्यक्तिमा चिन्ने, बुझ्ने र सिख्ने मनको संज्ञान क्षमताको ह्रास हुन्छ र यसबाट व्यक्तिले व्यवहारमा भावनात्मक नियन्त्रण गर्न सक्ने क्षमता गुमाउँछ । यसको असर मनोवैज्ञानिक, जैविक विकासमा देखिन्छ जसले उसको सामाजिक, व्यावसायिक जीवनलाई प्रतिकूल असर पार्दछ।

जटिल मनोरोगको निदान र उपचारको वर्गीकरण गरेर अमेरिकन साइक्याट्रिक एसोसिएसनले प्रकाशित गरेको ‘द डाइग्नोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर’ (डिएसएम)का अनुसार सन् १९५२ मा जम्मा एक सय ६ मानसिक रोग देखिएका थिए भने अहिले करिब तीन सय भन्दा बढी मानसिक रोगहरू देखिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा डिप्रेसन विश्वको सबैभन्दा भयावह रोगको रूपमा आउनेछ । डाक्टरहरू भन्छन्, ८० प्रतिशत शारीरिक रोगको जरो पनि मानिसको मनमै हुन्छ । कुनै पनि रोग साइको–सोमेटिक हुन्छ, अर्थात् शरीरको रोगको कारण मनमा र मनको रोगको छाप शरीरमा परिरहेको हुन्छ।

२१औँ शताब्दी तनाव, हाइपरटेन्सन, हृदय रोग, मधुमेह, अनिदोपन, डिप्रेसन तथा अन्य सयौँ किसिमका अनेकौँ मनोरोगले गा“जिएको शताब्दीमा परिणत भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्छ । तर, वास्तविक संख्या आधिकारिक तथ्यांक भन्दा धेरै बढी छ ।

अमेरिकामा कलेजमा पढने एक हजार विद्यार्थीमा एक सय ९० देखि दुई सय ४० विद्यार्थीमा उपचार नै गर्नुपर्ने स्थितिमा अनेकौँ मनोरोगहरू देखिएका छन् । अमेरिकामा करिब २० प्रतिशत पहिला र १५ प्रतिशत पुरुष बाल यौन शोषणको शिकार हुन्छन् । मानसिक बिमारी र आसामान्य मानसिक व्यवहारले आज हाम्रो जीवनको हरेक भागलाई छोएको छ । यो मानसिक असन्तुलन आतंकवाद, पारपाचुके देखि जुवा ताससम्म, मानसिक विसाददेखि आत्महत्यासम्म सबैमा देखिएको छ ।

यस्ता मनोरोगलाई दीर्घकालिन रूपले रोकथाम गर्नेे ध्यान एक अचुक उपाय हो। तर आज योग र ध्यान भौगोलिक तथा धार्मिक सीमामा मात्र बाँधिने विषय रहेन । यो कुनै धर्म विशेषसँग मात्रै सम्बन्धित पनि छैन । यो मनलाई शान्त राख्ने एक शुद्ध वैज्ञानिक विधि हो। मनका अनेक रोगको उपचार गर्ने विधि पनि ध्यान हो । त्यसैले आज ध्यानको लहर पनि विश्वव्यापी हु“दैछ । पश्चिमी र पूर्वीय विकसित देशका विश्वविद्यालयमा यस विषयमा गहन खोज र अन्वेषण भइरहेको छ । प्रतिवर्ष पाँच सय भन्दा बढी शोधपत्र ध्यानको सम्बन्धमा प्रकाशित हुन्छन्।

आधुनिक युगमा मनुष्य अनेक प्रकारका मानसिक रोगहरूबाट पीडित छ र यो पीडितहरूको संख्या बढ्दै गइरहेको छ ।  डाक्टर, मनोवैज्ञानिक तथा समाजशास्त्री एक रूपले सहमत भई सकेका छन् कि ध्यान यसको एक निरापद र अचुक उपाय हो । विश्वव्यापी रूपमा ध्यानप्रति अभिरुचि जागेको छ र आजकल डाक्टरहरूको प्रेस्व्रिmप्सनमा पनि योग र ध्यानले स्थान बनाई सकेको छ।

योग त व्यवसायिक रूपमै स्थापित भएको आजको परिप्रेक्षमा अब अर्को आवश्यकता ध्यानको विश्वव्यापकता नै हो । सन् २०१५ मा एक अरब डलर पुगेको ध्यानको विश्वप्यापी बजारमा अहिले स्मार्टफोनहरूमा ध्यान गर्न सहयोग गर्ने एक हजार भन्दा बढी एप्पस्हरू उपलब्ध छन् । त्यसैले विश्व ध्यान दिवस अवश्य रुपमा यो दिशामा फड्को मार्ने एक कोशेढुंगा साबित हुनेछ।

ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रीत हुने क्षमता प्रदान गर्छ । तनाव, चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभूमि तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्छ । उच्च रक्तचाप, कोलेस्टे«रोल र मधुमेहलाई कम गर्छ । कुलत तथा आफैलाई हानी गर्ने व्यवहारमा मुक्त हुन सहयोग गर्छ । उच्च सृजनात्मकता प्रदान गर्छ, जीवनलाई प्रफुल्लित राख्ने कला प्रदान गर्छ र व्यवसायिक कार्यदक्षता बढाउँछ । आफैलाई राम्ररी बुझ्न र स्व–स्वीकार गर्ने क्षमताको वृद्धि हुन्छ । परिवारका सदस्यहरू तथा मित्रपरिजनहरूसँग सौहार्दता बढाउँने क्षमता दिन्छ ।

जीवनमा आनन्द, प्रेम र स्वतःस्फूर्तताको वृद्धि हुन्छ । जीवनको उद्देश्यलाई गहन रूपले बुझ्ने क्षमता प्रदान गर्छ । यो जीवन जगतस“ग ‘वसुदैव कुटुम्बकम्’ सम्बन्धलाई उजागर गर्दै मानिसलाई आध्यात्मको एक उच्चतम शिखरसम्म पुर्‍याउन सक्छ।  

त्यसै परिप्रेक्ष्यमा बुद्ध पूर्णिमालाई नेपालले बौद्ध राष्ट्रहरूको सहयोग लिई संयुक्त राष्ट्र संघमा विश्व ध्यान दिवस मनाउने संकल्पप्रस्ताव राख्नुपर्ने प्रस्तावना मैले विगत दुई वर्षदेखि विभिन्न सभा, समारोह, राष्ट्रिय मिडिया तथा राष्ट्रका मूर्धन्य व्यक्तित्वहरूस“गको भेटमा गर्दै आएको छु ।

नेपालले संयुक्त राष्ट्र संघमा यो प्रस्ताव पेस गर्दा विश्वभरिका बुद्ध धर्म मान्ने प्रमुख १७ देश जापान, कोरिया, मंगोलिया, भुटान, भियतनाम, कम्बोडिया, लाओस्, थाइल्यान्ड, बर्मा, श्रीलंका, चीन, ताइवान, सिंगापुरलगायत भारतले तुरुन्तै समर्थन गर्नेछन् र सह–प्रस्तावकको रूपमा प्रस्तुत हुन तयार हुनेछन्।

बौद्ध धर्म मान्ने करिब ५० करोड बौद्ध र बुद्धलाई आफ्नो नवौँ अवतार मान्ने करिब एक सय करोड हिन्दू गरी विश्व जनसंख्याको २० प्रतिशत मानिसले पनि यो प्रस्तावलाई बडो उत्साहका साथ तुरुन्तै समर्थन गर्नेछन् । त्यस्तै अहिले विश्वमा बुद्धलाई मान्ने र श्रद्धा गर्ने व्यक्तिहरूको संख्या दिनदिनै बढ्दै गइरहेको छ । संसारका अधिकांश बुद्धिजीविले आज बुद्धलाई सम्मान गर्छन् र यो प्रस्तावलाई समर्थन गर्नेछन् ।

प्रस्तावनाको उद्देश्य, कार्यक्रम, कार्यान्वयन तरिका र कार्यक्षेत्र
   बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव पारित गर्न विश्वका बौद्ध तथा मित्र देशहरूको समर्थनमा नेपालले प्रस्ताव राख्ने।

 यसै उद्देश्यका लागि विश्वभरी रहेका नेपालका कूटनैतिक निकायहरूलाई परिचालन गरी यो प्रस्तावको समर्थनका लागि बौद्ध तथा गैर–बौद्ध देशहरूस“ग कुटनैतिक लबिङ गर्ने। यही वैशाख १५ देखि १७ गतेसम्म नेपाल सरकारका प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा हुन गइरहेको विश्व बौद्ध सम्मेलनको अवसरमा विश्वभरीका करिब ३० देशहरूबाट भाग लिन आउने बौद्ध विद्वानहरूको उपस्थितिमा यस बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रूपमा मनाउन समर्थन जुटाउने अवसरका रूपमा उपयोग गर्ने।

   विश्व ध्यान दिवसको प्रस्तावना संयुक्त राष्ट्रका पुर्‍याउन नभ्याएको अवस्थामा यही वर्षको बुद्ध पूर्णिमालाई नै नेपाल भरी यस वर्षदेखि राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउन संघीय, प्रादेशिक तथा स्थानीय निकायसम्म तयारी गर्ने । र, विदेशमा अवस्थित नेपाली कूटनैतिक नियोगले पनि यो दिनलाई ध्यान दिवसको रूपमा सार्वजनिक संलग्नतामा मनाउने विशेष तयारी गर्ने । विश्व ध्यान दिवसमा अभ्यास गरिने ध्यानको विधि र कार्यत्रम यस क्षेत्रका साधक, विद्वानहरूको सहयोगमा तर्जुमा गर्ने । यस पूनित कार्यमा ओशो तपोवन र तपोवनस“ग सम्बन्धित दुई सय ध्यान केन्द्रहरू हरसम्भव सहयोग गर्न तयार छ।

   भारत सरकारले योगको प्रचार र सम्वद्र्धनका लागि अनेकौँ राष्ट्रिय योग संस्थानहरू स्थापना गरेको छ । त्यस्तै नेपालले पनि ध्यानको विकास र अनुसन्धानको लागि उपयुक्त प्राकृतिक स्थानमा एक राष्ट्रिय ध्यान संस्थान स्थापना गर्ने ।सबै प्रकारमा शिक्षण संस्थान तथा तालिम केन्द्रहरूमा योग र ध्यानलाई पाठ्यव्रmम कै भाग बनाउने ।  

नेपालमा जन्मेका बुद्धका लागि यो नै सबैभन्दा ठूलो सम्मान हुनेछ र यसले नेपालको एक आध्यात्मिक पहिचान र गरिमा विश्वमा स्थापित गर्नेछ । धार्मिक पर्यटन तथा प्रकृति पर्यटन मार्फत् हाम्रो पर्यटन उद्योग राष्ट्र विकासको एक मूल स्तम्भ हुन सक्छ । विश्वमा ५१ वटा यस्ता देशहरू छन् जसले आफ्नो जनसंख्या भन्दा बढी पर्यटकहरू भित्र्याउँछन्, भने अन्य ३० देशले आफ्नो जनसंख्याको आधादेखि आफ्नो जनसंख्या बराबरको पर्यटक भित्र्याउँछन् ।

२६ यस्ता देश छन् जसले आफ्नो जनसंख्याको आधादेखि चौथाइसम्म पर्यटक भित्र्याउँछन्  । र, २२ यस्ता देश छन् जसले आफ्नो जनसंख्याको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म पर्यटक भित्र्याउँछन् । तर, यत्ति ठूलो प्राकृतिक र सांस्कृतिक सम्पदा हु“दा हु“दै पनि नेपाल सबै भन्दा कम पर्यटक भित्र्याउँने देश मध्ये १४ औँमा पर्छ । नेपालले पनि दीर्घकालिन योजना बनाई एक करोड पर्यटक भित्र्याउने उद्देश्य लिएर अघि बढ्न जरुरी छ । यसका लागि विश्व ध्यान दिवस र बुद्ध जन्मस्थल लुम्बिनी र विश्वको उच्च शिखर सगरमाथाले धेरै महत्वपूर्ण गन्तव्यको भूमिका खेल्न सक्छ।

हाम्रो छिमेकी राष्ट्र भारतमा बुद्धले बोधि प्राप्त गरेको बोधगया, पहिलो प्रवचन दिएको सारनाथ र शरीर छोडेको कुशीनगरमा विश्वभरीका बौद्ध आउने हवाई मार्ग र सडक मार्गको द्रुत विकास भइसकेको छ । त्यसै नेपालमा अवस्थित बुद्ध तथा हिन्दू तीर्थहरूको सेरोफेरोमा अब अरु बिलम्ब नगरी संचार, यातायात तथा पूर्वाधारहरू विकास तीव्र गतिमा गर्नुपर्छ ।  

आज विश्वका विकसित देशमा तीन देखि पाँच प्रतिशत व्यक्तिहरूले कुनै न कुनै ध्यानको अभ्यास गरिरहेका छन् । यसबाट के देखिन्छ भने मानिसलाई दैनिक जीवनमा ध्यानको आवश्यकता महसूस भइसकेको छ र यो ‘ट्रेन्ड’ बढ्दो छ।विश्व ध्यान दिवसको प्रस्तावनाको विषयमा यदि नेपालले शीघ्र पहल गरेन भने अरु कुनै देशले यो कार्यको श्रेय लिन सक्छ । त्यसैले मेरो नेपाल सरकारस“ग अनुरोध छ कि यो पवित्र कार्य नेपालले शीघ्र गरेर यसको जस लिओस्।

बुद्ध नेपालमा जन्मेका हुन् भनेर देश भित्रमात्र हल्ला गर्नुभन्दा विश्वको साझा मञ्च संयुक्त राष्ट्र संघमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रूपमा मनाउने दिनको लागि समर्थन जुटाउन सके बुद्धको देश नेपाल भनेर स्वतः हामी चिनिनेछौँ । यसबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव पनि बढ्ने छ र तीन करोड नेपालीको शिर आत्मसम्मानले ठाडो हुनेछ।

ध्यान र योगको विश्वमा प्रचारप्रचारबाट नेपालले आर्थिक लाभ तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत हासिल गर्नेछ । त्यसैले बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेको त्रियोग महोत्सव बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनायौँ भने हजार शब्दले बोलेर सम्भव नभएको कार्य यसबाट स्वतः प्रमाणित हुनेछ ।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आजबाट iOS १२ रिलिज हुँदै

आजबाट iOS १२ रिलिज हुँदै

iOS १२ सेप्टेम्बर १७ मा रिलिज हुने कुरा एप्पलले आफ्नो किनोटमा घोषणा गरेको थियो | ...

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

कुन प्रोसेसर भएको ल्यापटप किन्ने ?

ल्यापटप खरिद गर्न कुनै पसल जानुभयो भने तपाईंलाई सबैभन्दा पहिलो प्रश्न ‘कुन प्रोसेसर भएको ?’ भनेर नै सोधिने छ ।

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पल आइफोनका ३ नयाँ मोडलहरु

एप्पलले यस वर्ष तीन वटा नयाँ आइफोनका मोडलहरु रिलिज गर्ने भएको छ - आइफोन XS आइफोन XS MAX र आइफोन...

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

२०१८ का स्मार्टफोनमा भएका उत्कृष्ट क्यामरा फिचरहरु

क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् ...

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। ...

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

फ्रिज किन्दा ख्याल गर्नुपर्ने कुराहरु

बजारमा दशौं ब्राण्डले उत्पादन गर्ने सयौं मोडलका फ्रिजहरु उपलब्ध हुने भएकाले फ्रिज सम्बन्धि न्यून ज्ञान भएकालाई फ्रिज खरिद गर्न गाह्रो...

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

नेपाली बजारका लागि पहिलो जीप : जीप कम्पास

ढिलै भएपनि नेपालमा पहिलो पटक जीपका गाडीहरु आधिकारिक रुपमा आउने भएको छ । नेपालका लागि रिलिज हुने सबैभन्दा पहिलो जीपको...

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

टिभी वा मनिटर खरिद आज भोलि धेरै सुनिने कुरा हो – 4K । टिभी र मनिटरमा 4K को ट्याग यसको...