आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

शुक्रबार, ०७ बैशाख २०७५, २० : ३९ नागरिक

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन्। 

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे। 

सन् २०२० मा १५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि त्यसका लागि राम्रो तयारी हुनसकेमा २० लाख पर्यटक पु¥याउन सकिने उनले बताए। 

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले भूकम्पपछिको उद्धार तथा राहतजस्ता काममा लायन्सले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको चर्चा गरे । 

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफूलाई क्रियाशील बनाएको बताउँदै ३२५ बी १ ले आफ्नो कार्य अवधिमा योजनाअनुसार विभिन्न काम सम्पन्न गरेको बताए। 

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का महासचिव चण्डीप्रसाद अर्यालका अनुसार भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad