पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

शुक्रबार, ०७ बैशाख २०७५, १३ : १४ नागरिक

बुटवल – प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ।

प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा बुधबार राति काठमाडौंमा पक्राउ परेका मल्ललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मल्लले आपराधिक गतिविधि र रकम असुलीका लागि पुनलाई विभिन्न व्यक्तिको सूचना उपलब्ध गराएको तथ्य फोन संवादबाट पाइएको प्रहरीले बताएको छ। युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र नेता वसन्त पौडेल बलुको हत्या तथा हत्यापश्चात् आन्दोलनका सूचनासमेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ।

यस्तै प्रहरी मुठभेडमा मारिएका गुन्डा नाइके पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ। युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेल बलुको हत्या पुन समूहले गरेको थियो।

रुपन्देही प्रहरीका अनुसार पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ। पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad