१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बिटुडी र प्रितमलाई एक लाख

कभर गायक प्रितम सेञ्चुरीलाई एक लाखको चेक प्रदान गर्दै कार्टुन क्रुजका सरोज अधिकारी । तस्बिर सौजन्यः कुशल राई घतानी

काठमाडौं – आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो बनाउने समूहलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

फिल्म युनिटले बिहीबार एक कार्यक्रमबीच कभर गीतका गायक प्रितम सेञ्चुरी र डान्स ग्रुप बिटुडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको हो । दुवैलाई कार्टुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र फिल्म निर्माण समूहले संयुक्त रुपमा चेक हस्तान्तरण गरे।

फिल्मका प्रस्तुतकर्ता शिव न्यौपानेले फिल्मले अहिलेको पुस्ताको प्रेम गर्ने शैलीलाई समेटेकोले दर्शकका लागि रुचिकर बन्ने बताए । ‘फिल्मले अहिलेको युवा पुस्तालाई आकर्षण गर्नेछ,’ उनले भने, ‘अहिलेको पुस्ताले गर्ने प्रेमको शैली र त्यो प्रेममा आउने पारिवारिक अवरोधलाई फिल्ममा देखाएका छौं ।’

फिल्मका नायक तथा संगीतकार सन्तोष खड्गीले फिल्मी अभिनय आफ्ना लागि पहिलो भए पनि सक्दो मेहनत गरेको बताए । ‘फिल्म क्षेत्र आफ्ना लागि नौलो भए पनि दर्शकका लागि मेरो अभिनय अवश्य नयाँ हुने छैन । किनकी मैले फिल्ममा निकै मेहनत गरेको छु,’ उनले भने ।
निर्देशक जनक पाण्डेले फिल्मको कथाबस्तु दर्शकका लागि नयाँ स्वाद हुने दाबी गरे । फिल्ममा सरोज खनाल, सन्तोष खड्गी, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा र कार्टुञ्ज क्रुको पनि अभिनय छ।

कार्यक्रममा नवनायक सन्तोष र नायिका पूजाबीचको लभ, रोमान्स र  विछोडलाई समेटिएको ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता छन् । लिची इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा जनककै पटकथा तथा संवाद, सरोज अधिकारीको नृत्य, सुवास देवकोटाको सम्पादन र सुरज आचार्यको छायांकन छ ।


 

प्रकाशित: ७ वैशाख २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App