१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडक र पक्की नाला शिलान्यास

सडक र पक्की नाला शिलान्यास गर्दै कलैया नगर प्रमुख राजेश राय यादव । तस्बिर : उपेन्द्र यादव/नागरिक

बारा – कलैया उपमहानगरपालिकाभित्र सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको १९ किलोमिटर लामो पक्की नाला र साविकको सडक स्तरोन्नति कार्यको मंगलबार शिलान्यास गरिएको छ ।४७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की नाला र सडक स्तरोन्नति कार्यको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले शिलान्यास गरेका हुन्।

कलैया उपमहानगरपालिका–६ मा रहेको कलैयाको थोक कृषि बजारदेखि भुलाही खोला जाने सडक खण्डलाई स्तरोन्नतिसहित पक्की नाला निर्माण गरिने नगरप्रमुख यादवले बताए।उक्त योजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी रमन-महाबिर जेभीले २०७४ माघमा ठेक्का सकार गरेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेले बताए।

पहिलो चरणमा निर्माण हुन लागेको १९ किलोमिटर पक्की नाला र सडक स्तरोन्नतिसँगै रंगपुर–घोगलरिया–बलिरामपुर सडक खण्ड, बरेवा–सिसहनिया चोक–शिक्षा कार्यालय–भवानीपुर सडकखण्ड, कृषिबजार–भुलाही खोला सडकखण्ड लगायत क्षेत्रका स्थानीयलाई राहत पुग्ने नगर प्रमुख यादवले बताए।

नगर प्रमुख यादवले पक्की नालासहित निर्माण हुन लागेको सडकलाई आवश्यक पर्ने जग्गा स्थानीयबाट उपलब्ध गराउन छलफल सुरु गरिएको जानकारी दिए । कुनै टोलमा १० मिटर चौडा सडक नभएकाले दुवै छेउमा जग्गा भएका स्थानीयबाट थप जग्गा उपल्बध गराउन छलफल गरिएको यादवले जनाए।

 

 

प्रकाशित: ६ वैशाख २०७५ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App