१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सेञ्चुरी र युनियन लाइफबीच सम्झौता

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमालेख खरिद, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन्।बैकले उपत्यकामा ११ शाखा, पाँच एक्सटेन्सन काउन्टर, उपत्यकाबाहिर ८२ शाखा, तीन एक्सटेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैकिङबाट सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: ६ वैशाख २०७५ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App