१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना आकाशका अभिभावक

पोखरा- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षिया आकाश परियारलाई विद्यालय भर्ना गरेका छन्।  दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्वअभिभावकत्व ग्रहण गरेका हुन्।

आमा रिता परियारसँगै आएका आकाशलाई पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै तिमिल्सिनाले आकाशलाई विद्यालय तहसम्मको शिक्षाका लागि आफ्नो सहयोग रहने बताए।

 यही चैतमा आफ्ना बाबु सुनील परियार गुमाएका आकाश पोखरामा तीन दिदी र आमासंगै बस्दै आएका छन्। आमाले मजदुरी गर्दै तीन दिदी र उनलाई हुर्काउदै आएकी थिइन्।

प्रकाशित: ५ वैशाख २०७५ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App