मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुधबार, ०५ बैशाख २०७५, १६ : १७ रेखा भुसाल

बुटवल-प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।

पुनले राजनीतिक दलका नेता तथा व्यवसायीकै सहयोगमा व्यक्ति हत्या तथा अपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य बाहिर आएको हो।

रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल 'बलु' हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

पुनका अपराधिक गतिविधिमा संलग्न ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो। 

प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ६ का रोशन खड्का र देवदह ५ का तुलसी न्यौपानेलाई सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुले पुनलाई फोन तथा अन्य प्रविधि मार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा पाँचै जनाको संलग्नता शुरु देखि नै रहेको पाइएको छ। ‘उनीहरुले आफ्नै साथीभाइको हत्या गर्न विवरण उपलब्ध गराउने, त्यसबापत मोटो रकम लिने र सडकमा पीडीतको पक्ष बनेर बाटो बन्द गर्न पनि जाने गरेको पाइयो’–एसपी ज्ञवालीले भने।

मनोज पुनको समूहले २०७३ को पुसमा तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २०७४ को पुसमा युवा संघका नेता तथा फर्निचर व्यवसायी वसन्त पौडेल बलुको हत्या गर्नुका साथै जिल्लाका उद्योगी व्यवसायीमाझ चन्दा आतङ्क मच्चाउनुका साथै ज्यान मार्ने धम्की दिने गरेका थिए। साथै भारतीय अपराधी विट्टु सिंहसँग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग पुर्‍याएको प्रहरीको आरोप छ। ती सबै घटनामा बुधबार पक्राउ परेकाहरुको संलग्नता खुलेको छ।

रुपन्देहीका हत्या र चन्दा आतंकका घटनामा मनोज पुनको समूहलाई सघाउने अरु केही व्यक्तिहरु पनि छिटै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए। ‘अरु केही वरिष्ठ व्यक्तिहरुले पनि मनोज पुनको अपराधलाई सघाएको पाइएको छ,–उनले भने–हामीले निगरानीमा राखेका छौं, छिटै पक्राउ गरेर सार्वजनिक गर्छौं।’

कुख्यात डन मनोज पुन र सोम आले गत फागुन ९ गते प्रहरी इन्काउण्टरमा देवदहमै मारिएका थिए।

दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा संलग्न लमजुङ्गको भोर्लेटारका विवेक भनिने सुवास गुरुङ, श्याम बहादुर गोङ्बे, शालिकराम चापागाईं, पारस भट्टराई, पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलगायत १८ जना पक्राउ परिसकेका छन्। तीमध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानका क्रममा छन्।

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad