१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मीलाई खोजमूलक उत्कृष्ट पुरस्कार

काठमाडौं— सूचनाको हक नागरिकलाई दिलाउने खोजमूलक समाचार लेखेवापत नागरिककर्मी चाँदनी हमाललाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ। पत्रकार महासंघले शुक्रबार हमाल सहित चारजनालाई उत्कृष्ट पुरस्कार सहित सम्मान गरेको हो। उनको चमक गुमाउदै देवघाट सहितका समाचारलाई महासंघले उत्कृष्ट ठहराएको थियो।

पुरस्कार पाउनेमा पत्रकारहरु डिल्ली आचार्य, शिव ढुंगाना र अन्जली थापा रहेका छन्। शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा महासंघका अध्यक्ष महेन्द्र विष्टले १५ हजार राशी सहित सम्मानपत्रले उत्कृष्टहरुलाई सम्मानित गरेका थिए।

देशभरका ३१९ पत्रकारलाई  सूचनाको हक प्रयोग गरी समाचार लेख्न प्रशिक्षण समेत दिइएकोमा एकसय जनालेमात्र समाचार लेखेको महासंघले जनाएको छ। जसमध्ये खोजमुलक समाचारमा सूचनाका हक प्रयोग गरिएको समाचारमध्ये चारजनाको समाचार उत्कृष्ट भएको महासंघका सचिव प्रभात चलाउनेले जानकारी दिए। उपाध्यक्ष खिलाबहादुर भण्डारीको संयोजकत्वमा छनौट समिति गठन भएको थियो।

समितिले छापिएका समाचार संकलन गरी उत्कृष्ट छनौट गरिएको भण्डारीले जानकारी दिए। कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष विष्टले पत्रकारको दक्षता अभिवृद्धि गर्ने अभियान थालिएको बताए। लेख्न प्रोत्साहित गर्दा पनि लेखनमा सक्रिय नहुने पत्रकार बढी रहेको गुनासो उनले गरे।

प्रकाशित: १० भाद्र २०७३ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App