१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएको चालिस दिनपछि शव भेट्टियो

नुवाकोट – रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन्।

विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए।

शवको जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए। उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।   (रासस)

प्रकाशित: ५ वैशाख २०७५ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App