१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपिएलः साविक विजेता मुम्बईको पहिलो जित

मुम्बई – साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ। मंगलबार राति घरेलु मैदान वाङ्खडेमा भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ४६ रनले पराजित गरेको हो।

मुम्बईले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको बेङ्लोरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाउँदै १ सय ६७ रनमात्र बनाउन सक्यो।

कप्तान विराट कोहलीले सर्वाधिक ९२ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि बेङ्लोर पराजित भयो। कोहलीले ६२ बलमा ७ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै क्विन्टन डी ककले १९, मन्दिप सिंहले १६ र क्रिस वक्सले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोडन सकेनन्।

बेङ्लोरलाई सस्तैमा समेटन मुम्बईका क्रुनाल पाण्ड्याले ३, जसप्रित बुम्राह र मिचेल म्याक्लीनाघनले २–२ तथा मयांक मारकन्डेले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ को उच्च योगफल बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९४ रन बनाए। शर्माले ५२ बलमा १० चौंका र ५ छक्का प्रहार गरेका थिए। इभिन लेविसले ६५ रनको योगदन दिए। उनले ४२ बलमा ६ चौंका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै हार्दिक पाण्ड्याले नटआउट १७ र क्रुनाल पाण्ड्याले १५ रन जोडेका थिए।

बेङ्लोरका उमेश यादव र कोरे एन्डरसनले समान २–२ तथा क्रिस वक्सले एक विकेट लिए। जितसँगै मुम्बई अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ।

आइपिएल क्रिकेटमा बुधबार (आज) बेलुकी ८ः१५ मा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ५ वैशाख २०७५ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App