१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

धादिङ– करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
जिल्लाको थाक्रे गाउँपालिका– ११ स्थित महेशखोलाको पारीबाट बोरिङ गरी महादेवबेसी बजार तर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोट (आल्मुनियम) को तारले बिजुलीको ११ हजार भोल्टेजको तारमा छुन गई करेन्ट लागेको हो।  

करेन्ट लागेर घाईते भएका झापा घर भएका ६५ वर्षीय निकि तामाङको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  करेन्ट लाग्दा थाक्रे ६ बस्ने ३७ वर्षीय धनबहादुर कार्की, १६ वर्षीय निरज कार्की, १० वर्षीय गोपी कुलु, ४० वर्षीय सुरेश पुलु, ४० वर्षीय माईली तामाङ, गौतम तामाङ घाईते भएका छन्।

घाईतेहरुको काठमाडौँको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०७५ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App