काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनउदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
प्रकाशित: ५ वैशाख २०७५ ००:४२ बुधबार