बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनी आयोजना

मङ्गलबार, ०४ बैशाख २०७५, २१ : २८ नागरिक

काठमाडौं– नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले फोटो प्रदर्शनी आयोजना गरेको छ। बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचले गरे। उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति  रहेको थियो। 

एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले आफ्नो क्यामेराद्वारा तस्बिरमा कैद गरेका छन्।

एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ।

उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा बुधबारसम्म चल्नेछ। 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad