१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर सात घाइते

मलेखु - थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन्।

बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएकामा पाँच जनाको ट्रमा सेन्टर र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको अवस्था गम्भीर छ।रासस

 

प्रकाशित: ४ वैशाख २०७५ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App