१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले नेता खनालको चेतावनी: सरकारले गल्ति गरे आगो बाल्छौ

अनिल भण्डारी

सिन्धुली-नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्। 'सरकारले गल्ति गरे हामी आगो बाल्न पछि पर्दैनौ', सिन्धुलीमाढीमा प्रेस चौतारिले गरेको पत्रकार सम्मेलनमा खनालले भने–‘नेकपा एमाले देशको सुरक्षा गर्ने प्रहरी हो, त्यसैले प्रतिपक्षमा बसेर निगरानी गर्छौ। नेकपा एमाले देशको राष्ट्रियताको र न्यायको पहरेदार भएकाले सरकारले गल्ति गर्दा आगो बाल्ने चेतावनी दिए।

                पूर्व प्रधानमन्त्री समेत रहेका खनालले हालको सरकारले स्थानीय निकाय निर्वाचन, प्रदेशको निर्वाचन र राष्ट्रिय निर्वाचन समयमै अनिवार्य गर्नुपर्ने बताए। २०७४ साल माघ सात गते भित्र तीनवटै निर्वाचन गर्नैपर्छ, उनले भने–‘ निर्वाचन गरिएन भने नेपालको संविधान, स्वतन्त्रता र  लोकतन्त्रले फेल खान्छ, त्यसैले समयमै निर्वाचन गर्नेपर्छ। नेपालको संविधानलाई फेल गर्न बाह्य शक्तिहरुको चलखेल हुन सक्ने शंका रहेको उनले बताए।  संविधानले सबै ढोका खुल्ला गरेको बताउँदै खनालले नेकपा एमालकै कारण संविधान लोकतान्त्रिक, देशभक्त, एकता, स्वतन्त्रता र प्रगतिशिल संविधान बनाएको भन्दै नयाँ गठबन्धन सहितको सरकार बन्नुमा मुलुक अस्थिरता तर्फ जाने खतराको संकेत भएको उनले दाबि गरे। प्रचण्ड नेतृत्वको सरकारको गठनबन्धन भित्रि बाहिरी चलखेलका कारण या आफ्नै महत्वकाक्षाका कारण भन्ने कुरामा शंका पैदा भएको छ, नेकपा एमालेका पुर्व अध्यक्ष समेत रहेका खनालले भने।

                सञ्चारकर्मीको एक जिज्ञासामा उनले मधेसकेन्द्रीत दलले भनेझै कुनैपनि हालतमा संविधान संशोधन नहुने जिकिरी गरे। मधेसीले भनेझै संविधान संसोधन गर्दा राष्ट्रलाई अहित हुने भन्दै मधेसी दलले भनेजसरी संविधान संसोधन गर्न नेकपा एमाले तयार नभएको भनाई व्यक्त गरे। राष्ट्रियतालाई एकता वद्ध गराउन आफुहरु दृढपुर्वक ढङगले लागेको बताउँदै खनालले राष्ट्रियतालाई आँच आउने गरि बिलकुलै संविधान संसोधन नहुने जिकिरी गरे।

प्रकाशित: १० भाद्र २०७३ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App