१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारी कर्मचारीमा अनुशासन छैनः नवनियुक्त मन्त्री गिरी

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरी मन्त्रालयमा पदभार ग्रहण गर्दै। तस्विरः रासस

काठमाडौं–नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्। सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने, 'अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन। त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ। म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु।' 

'अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन'

मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए। 

सो अवसरमा उनले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार (भदौ १२) बोलाउन गरेको प्रस्ताव स्वीकृत गरे।

विसं २०१८ मा हेकुली–९ दाङमा जन्मिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरी पहिलोपटक मन्त्री भएका हुन्। विसं २०२९ देखि राजनीतिमा आबद्ध उनी पछिल्लो समयमा दाङ क्षेत्र नं ५ बाट काँग्रेसतर्फबाट सांसद निर्वाचित भएका थिए।

प्रकाशित: १० भाद्र २०७३ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App