१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिचिङमा दुइवटा एमआरआई सञ्चालन हुने

काठमाडौं – टिचिङ अस्पताल महाराजगन्जमा दुई वटा एमआरआई सञ्चालनमा आउँदैछन्। नयाँ मेसिन थपिएपछि अस्पतालमा दुईवटा एमआरइ मेसिन सञ्चालनमा आउने छन्।

जेठको पहिलो साताभित्रै यो उपकरण प्रयोगमा आइसक्ने अस्पतालले जनाएको छ। टाउको, मस्तिष्क, हाडजोर्नी तथा ढाडभित्रको रोग पत्ता लगाउन एमआरआई मेसिनद्वारा जाँच्ने गरिन्छ। मेसिनले शरीरका विभिन्न भागका रोगहरुको सुक्ष्म फोटो खिच्न सक्छ। जापानी सहयोग नियोग जाइकाले अस्पताललाई अनुदान स्वरुप सो उपकरण दिन लागेको हो।

यसपाली १.५ टेष्ला क्षमताको आउन लागेको हो। पुरानो एमआरई ०.३ टेष्ला मात्र क्षमताको मात्र थियो। पुरानो एमआरआईको क्षमता सीमित भएकोले नयाँ ल्याउन लागेको रेडियोलोजी विभाग प्रमुख डा.बेनु लोहनीले बताइन्। नयाँ एमआरआई पहिलेको भन्दा आधुनिक तथा दोब्बर भन्दा बढी क्षमताको छ। ‘पहिलाको एमआरआइमा खोजेको सबै प्रश्नको जवाफ दिन नसक्दा धेरै बिरामी बाहिर पठाउनु पर्ने वाध्यता थियो,’ डा.लोहनीले भनिन्।

नयाँ एमआरआई पहिलेको भन्दा धेरै रोग पत्ता लगाउने क्षमता राख्ने भएकोले सञ्चालनमा आएपछि बिरामीहरु लाभान्वित हुने  रेडियोलोजिष्ट डा.लोहनीले बताइन्। पुरानो एमआरआई मेसिनले देनिक १५ देखि १८ जनाको एमआरआई हुन्थ्यो भने नयाँबाट त्यसको दोब्बरले सेवा पाउनेछन्। यो मेसिनले ढाड, मस्तिष्क, मासुभित्रका फरक ट्यिुमर, कलेजोलगायत अंगका रोगहरु पत्ता लगाउन  मद्दत गर्दछ।

चिकित्सकका अनुसार अस्पतालमा दैनिक देशभरिबाट रेफरल बिरामी आउने तर उनीहरुको सबै रोग पत्ता लगाउन नसक्दा निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो। नयाँ एमआरआईले परीक्षण गर्दा बिरामीले कम शुल्कमै उपचार पाउनेछन्। ‘निजीमा भन्दा आधा कम शुल्कमा यो परीक्षण सम्भव हुन्छ,’ डा.लोहीनले भनिन्।

७५ हाडजोर्नी वार्डमा ७५ शैड्ढया थपिने
टिचिङ अस्पतालमै हाडजोर्नी वार्डमा ७५ वटा नयाँ शैड्ढया थपिँदैछ। बिरामीको चापअनुसार भर्ना गर्न नसकेकाले अस्पतालमै रहेका भवनमा शैड्ढया थप गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रशासक मानबहादुर भट्टका अनुसार एक महिनाभित्रै शैड्ढया सञ्चालनमा आउँदैछन्। शैड्ढया थपपछि अस्पतालमा उपचारका रेफरल तथा दुर्घटनाका बिरामीलाई राहत मिल्ने प्रशासक भट्टले जनाए।

प्रकाशित: ४ वैशाख २०७५ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App