१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली दाहाल वार्ता : एकताबारे समान धारणा बनाउने प्रयास

फाइल तस्बिर ।

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा छलफल गरेका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवस बैशाख ९ गते दुई पार्टीको एकता गर्ने मिति सार्वजनिक भए पनि सकारात्मक नदेखिएपछि दुई अध्यक्षबीच सोमबार 'वान अन वान' वार्ता भएको थियो।

'पछिल्लो पटक एकताबारे विभिन्न हल्लाहरु चले', स्रोतले भन्यो 'धमिलो पानीमा माछा मार्न नदिन दुई नेताहरुले समान धारणा बनाउने प्रयास गर्नु भएको छ।'

पछिल्लो पटक पार्टी एकताबारे दुई पार्टीका फरक फरक धारणा आउन थालेपछि शीर्ष नेताले वातावरण विग्रन नदिन समान धारण बनाउन जोड दिएको दाहाल निकट स्रोतले जनायो। 'पछिल्लो पटक एकताबारे विभिन्न हल्लाहरु चले', स्रोतले भन्यो 'धमिलो पानीमा माछा मार्न नदिन दुई नेताहरुले समान धारणा बनाउने प्रयास गर्नु भएको छ।'

प्रधानमन्त्री निवास बालुवाटारमा २ घण्टा चलेको छलफलपछि भोली मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ। स्रोतका अनुसार दुई नेताबीच एकीकृत पार्टीको प्रस्तावना र एकताका प्रविधिक विषयमा छलफल भएको थियो। विधानको प्रस्तावनामा माओवादीले जनयुद्ध राख्नु पर्ने अडान राख्दै आएको छ भने एमाले त्यसमा सकारात्मक छैन। यता पछिल्लो पटक माओवादी अध्यक्ष दाहालले एकता ५०/५० को अनुपातमा हुनुपर्ने बताउँदै आएका छन्। तर एमाले नेताहरु यसको पक्षमा छैनन्। यस्तै विवादका कारण एकता प्रक्रिया लम्विइरहेको अवस्थमा दुई अध्यक्षबीच भेट भएको हो।

दुवै पार्टीका नेता कार्यकर्ताले सम्मानबोध गर्ने किसिमबाट एकता हुनु पर्ने माओवादीले बताउँदै आएको छ। दुई पार्टीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी एकता गर्दै पार्टी एकताको घोषणा गरेका थिए। केन्द्र सरकार र प्रदेश सरकारमा समेत एमाले माओवादीले भागवण्डा मिलाएका थिए।

 

प्रकाशित: ३ वैशाख २०७५ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App