अधिकारकाे आन्दोलन सकियो, अब विकास र समृद्धिमा लागौं : प्रधानमन्त्री ओली

आइतबार, ०२ बैशाख २०७५, १० : ३३ नगेन्द्र उपाध्याय

सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए।

‘तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ’ आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब अरुलाई अपजस दिएर हुँदैन् विकास गर्नैपर्छ, अघाडि बढ्नैपर्छ।’

उनले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरु भएको घोषणा गरे। उनले कर्णालीलाई समृद्धिको यात्रामा डो-याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताए।

‘अव कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णालीलाई विकासको मूलधारमा ल्याउनका लागि प्रदेश र संघीय सरकारले योजनाहरु बनाइरहेको छ।’ ओलीले विकासका दृष्ट्रिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाट गरेको बताए। उनले कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad