१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्। 

मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नं ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका छ वर्षीया छात्रा थिल्ने साङ तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरेका हुन्। विसं २०६८ चैत १९ गते जन्मिएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो। 

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक प्रदान गरेकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेका छन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेका छन्। छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन्।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह शुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिएका हुन्।

प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसकेका छन्। रासस

प्रकाशित: १ वैशाख २०७५ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App