१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चले दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं– सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। 

अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए। 

उनले सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादन बारे सञ्चारमाध्यममा पहुँच पु¥याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताए। 

प्रकाशित: १ वैशाख २०७५ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App