१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तेह्रथुममा पर्यटकको ओईरो

तेह्रथुम – जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुईचो लागेको छ। नयाँ वर्ष मनाउनका लागि पूर्वका विभिन्न क्षेत्रबाट लालीगुराँस नगरपालिकाको आरआर गार्डेन पाथिभरा डाडाँ लगायतका क्षेत्रमा  हजारौको संख्यामा पर्यटकहरू आए पछि यि स्थानहरूमा घुईचो लागको हो।

लाली गुराँसको राजधानीको रुपमा परिचित तिनजुरे मिल्के जलजले क्षेत्रमा नयाँ वर्षको स्वागत गर्न विभिन्न क्षेत्रबाट पर्यटकहरू आए पछि बसन्तपुर गुफा पोखरी सडक खण्डमा ट्राफिक ब्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

पूर्वका विभिन्न जिल्लाहरूबाट सवारीसाधन रिजर्व गरेर आउनेको सख्या धेरै भएपछि जिल्ला ट्राफिक कार्यालय तेह्रथुमले जिल्ला प्रवेशद्धारा धनकुटा र तेह्रथुमको सिमाना चित्रेमा सवारी चेक पोष्टको स्थापाना गरेको प्रहरी हवल्दार खगेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार पर्यटकीय क्षेत्रहरूमा बिहानै देखि सवारी चाप बढे पछि विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीको ब्यवस्था गरेर ट्राफिक ब्यवस्थापन गरिएको छ।

बसन्तपुरबाट आरआर गार्डेन हुँदै तिनजुरे डाडा देखि गुफापोखरी सम्म जाने पर्यटकहरूलाई यस खचाखच भएका छन्। विषेश गरेर जिल्लाको पर्यटकीय क्षेत्र आरआर गार्डेन, पाथिभरा गाडा र तिनजुरे डाडा, लाम पोखरी, सुके पोखरी, मंगलबबारे चौकी हुदै गुफा पोखरी सम्म पगेर  म्याङलुङ नगरपालिका जिरिखिम्तीको  सिमिनाक्सी हुँदै गन्तब्यमा फर्किने गरेका छन्।

आन्तरिक पर्यटकीय स्थलहरूमा समेत परिवार र छिकेमीहरू मिलेर घुम्न निस्कीएपछि  सदरमुकाम म्याङलुङ सहित जिल्लाका मुख्य सहरहरू सुनसान जस्तै भएका छन्। म्याङलुङ आसपासका पर्यटकीय स्थलहरूमा समेत आन्तरिक पर्यटकहरूको घुईचो लागेको छ। म्याङलुङ आसपासका पर्यटकीय स्थलहरू म्याङलुङ भ्युटावर, दशकते जंगलमा रहेको केमुक गुफा लगायतका पर्यटककीय क्षेत्रहरूमा समेत हजारौ सख्यामा पर्यटकहरु घुम्न आएपछि चहल पहल बढेको छ।

प्रकाशित: १ वैशाख २०७५ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App