१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागी हुँदा २५ लाखभन्दा बढी क्षति

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा शनिबार (आज) बिहान आगलागी हुँदा २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ।

मिल परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरबाट आगो लाग्दा मिलमा रहेका कच्चा पद्धार्थ र उपकरणमा गरी २५ लाखभन्दा बढी क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरी इनरुवालगायतका स्थानबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो।   (रासस)

प्रकाशित: १ वैशाख २०७५ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App