१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झुठो समाचारमाथि नियमन हुन्छ : सञ्चार राज्यमन्त्री

धुलिखेल – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताए। 

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेले बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापीरुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट गरे। 

पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाजले जे मन लाग्यो त्यही गरेकामा आपत्ति जनाए। सामाजिक सञ्जाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै उनले त्यसको नियमन गर्ने बताए। “कानून र संविधान कहाँको पत्रकारले मान्दैन ? त्यो बताउनुपर्‍यो”–उनले भने, “अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ।” 

प्रकाशित: ३० चैत्र २०७४ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App