१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

काठमाडौँ – भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिएका छन्। 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले शुक्रबार आयोजना गरेको ‘आजको आवश्यकता : सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। 

कार्यक्रममा सरकारका पूर्वमुख्यसचिव डा ईश्वरप्रसाद उपाध्यायले व्यक्तिको नियत सफा भयो र प्रणालीका आधारमा काम हुने हो भने धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुने बताए। टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले सुशासनको बहाली र भष्टाचार नियन्त्रण गर्न कानूनको अक्षरशः पालना हुनुपर्ने बताए। 

वरिष्ठ अधिवक्ता सविता बरालले पूर्वीय दर्शनमा आधारित नैतिक शिक्षा र ज्ञान ह्रास हुँदै जाँदा व्यक्तिमा सदाचारको ज्ञान पनि घट्दै गएको उल्लेख गर्दै बालबालिकालाई विद्यालयको पढाइसँगै नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए। 

राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले सरकारका मन्त्री र सांसदले आफ्नो तलब आफैँ बढाउनु सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको बताउँदै भ्रष्टाचार गर्नेलाई माफी दिने प्रचलनबाट यसले प्रश्रय पाएको धारणा व्यक्त गरे।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा डा प्रकाश भट्टराई, टिआई नेपालका महासचिव पद्मिनी प्रधानाङ्ग, पत्रकार आदित्यमान श्रेष्ठलगायतले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो घरबाटै शुरुआत गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा तयार गरिएको प्रतिवेदन, ‘सत्ता र सदाचार’ नामक पुस्तक र विसं २०७५ को भित्तेपात्रो विमोचन गरिएको थियो। 

प्रकाशित: ३० चैत्र २०७४ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App