१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ५को बजेट प्रस्तुत, सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

बुटवल – पाँच नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट ल्याएको छ । शुक्रबारको संसद बैठकमा मुख्य मन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारले समानीकरण अनुदान वापत प्रदेशलाई पठाएको बजेट हो यो । बजेटमा चालु खर्च तर्फ ३६ करोड, ६३ लाख ८२ हजार र पुँजिगत अर्थात विकास बजेटमा ३४ करोड, ६ लाख ७५ हजार विनियोजन गरीएको छ। 

चालु खर्च तर्फ कुल बजेटको ३५.९ प्रतिशत र पुँजीगतमा ३३.३९ प्रतिशत छुट्टयाइएको हो । सरकारले अर्थ बजेट शिर्षकमा ३१ करोड ३४ लाख ४३ हजार छुट्टाइएको छ । जुन कूल बजेटको ३०.७१ प्रतिशत हो । यो शिर्षकको बजेट बचत भए आगामी आर्थिक वर्षको आयमा खर्च गर्ने भनिएको छ । विकास बजेट संभाव्यता अध्ययनमा  केन्द्रित छ। 
बजेटमा विपत व्यवस्थापन कोष, सहकारी विकास कोष र कृषि, पशु तथा मत्श्यपालनमा आधारित अनुदान कोष स्थापनाका लागि १÷१ करोड विनियोजन गरिएको छ । सूचना प्रविधि केन्द्रका लागि २० लाख, प्रदेश स्तरको अस्पताल तथा औषधी उत्पादनको संभाव्यता अध्ययनमा १० लाख छुट्ट्याइएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत पहाड र तराईका पिछडिएका गाँउपालिकाका लागि २ करोड विनियोजन गरिएको छ । यो वर्ष स्थान छनौट गरी अर्को वर्ष योजना लागु गर्ने बजेट वक्तव्यमा उल्लेख छ। 

कपिलवस्तुको जगदिशपुर ताल संरक्षणका लागि २० लाख विनियोजन गरिएको छ । प्रदेश मन्त्रालय, संवैधानिक निकायहरूको भौतिक संरचना निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ। 

घोराही र बुटवलमा रङ्गशाला निर्माण, लमही क्रिकेट मैदान मर्मत, दङ्गिशरण गाउँपालिकामा साँस्कृतिक ग्राम तथा पार्क निर्माणका लागि डिपिआर तयार गर्न रकम विनियोजन गरिएको छ । शैक्षिक पार्क निमार्ण तथा जलविद्युतका लागि संभाव्य योजना पहिचान गर्ने भनिएको छ । रोल्पाको थवाङ्गमा जनयुद्ध स्मारक तथा सग्रालय, गुल्मीको हरेवामा आश्रित संग्रालय र दाङको धर्नामा नेत्रलाल स्मृति पार्कका लागि बजेट विनियोजन गरिएको छ।  सिकलसेल ऐनिमियाको परीक्षण तथा रोकथामका लागि बजेट विनियोजन गरिएको छ। 

प्रदेश समृद्धिको आधार मानिएका कृषि र पर्यटनको विकासका लागि नीति तथा कार्यक्रममा उल्लेख गरिएका अधिकांस आयोजना तथा कार्यक्रमलाई बजेटले सम्भाव्यता अध्ययन गर्ने भनेको छ । नवलपरासीको रामग्राम देखि कपिलवस्तुको तिलौराकोट सम्म मोनोरेल,लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन संभाव्यता अध्ययनका लािग रकम विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । पहाडमा हिल स्टेशन, बनस्पती तथा प्राणी उद्यान, सदरमुकाम जोड्ने सडक कालोपत्रे, कपिलबस्तु र बाँके लक्षित साक्षरता अभियानका लागि सम्बोधन गरेको छ। 
वक्तव्यमा कृषिमा शित भण्डार, जडीबुटी उत्पादन संभाब्यता अध्ययन, सिचाइ जस्ता पूर्वाधार विकासको योजना छनौट गर्ने भनिएको छ ।  अव्यवस्थित बसोबासको समस्या समाधानका लागि एकीकृत बस्ती विकासको संभाव्यता अध्ययन र कृषि भूमी संरक्षणका लागि भूउपयोग नीतिको कार्यान्वयन गर्न पनि बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री शंकर पोखरेलले बजेटलाई आमाको काखमा हुर्किदै गरेको बच्चाको संज्ञा दिदै प्रदेशवासीको हातेमालोले यसलाई आफ्नै खुट्टमा टेक्न सक्ने उल्लेख गरे।

प्रकाशित: ३० चैत्र २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App