१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

चितवन – सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला गरिएको हो।

आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडकमा प्रतिक्षा गरेर बस्नुपर्ने बाध्यता छ, भने खुलिसकेपछि पनि लामो समयसम्म सवारी जाम व्यहोर्नुपर्ने हुन्छ।  (रासस)

प्रकाशित: ३० चैत्र २०७४ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App