महिला र ऊर्जाको सवालमा जोड

शुक्रबार, ३० चैत २०७४, ११ : ५० नागरिक

निजगढ - महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपालओनीद्वारा आयोजित महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

खाना पकाउने, दाउरा संकलन गर्ने, विद्युतीय उपकरणको प्रयोगदेखि विद्युत् महसुल तिर्नेलगायतका कार्यमा महिलाको सहभागिता बढी रहने भएपनि त्यसको सही उपयोग, किफायती तथा सुरक्षित रुपमा प्रयोगसम्बन्धी ज्ञानको अभाव र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा ऊर्जा क्षेत्रमा अनेक समस्या आएको वक्ताहरुको भनाइ थियो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि अहिलेसम्म राज्यको ध्यान जान नसकेको बताउँदै नगरपालिकाले यसतर्फ विशेष पहल गर्ने बताइन्।

प्रशिक्षणमा नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरेले ‘ऊर्जा सुरक्षा र ऊर्जामा नागरिकको अधिकार’, पत्रकार कृष्ण अधिकारीले ‘ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा’ तथा ओनीकी अध्यक्ष कला तिमिल्सिनाले ‘महिला र ऊर्जाका सवाल’सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रशिक्षणमा निजगढ र कोल्हवी नगरपालिकामा ३५ जना महिलाको सहभागिता रहेको थियो।
सहभागी महिलाले महिला र ऊर्जाको विषयलाई स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले निजगढमा दुर्गा कोइराला र कोल्हवीमा कोपिला पौडेलको संयोजकत्वमा ओनीको शाखासमेत गठन गरेका छन्।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad