एक नम्बर प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

शुक्रबार, ३० चैत २०७४, ११ : ३१ नागरिक

विराटनगर – प्रदेश नम्बर १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ।

सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो।

सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ।

सो अभियानको शुभारम्भ नयाँ वर्ष २०७५ वैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र विराटनगरको कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

योग शिविरको प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङ, वातावरणीय सरसफाइ अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेरो वर्ष अभियानको घोषणा प्रदेश नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ।

सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनका लागि घोषित आठवटा प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतित गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ लगायत छन्। सो प्रतिबद्धतामा सर्वसाधारणलाई एक्यबद्धता गराउनका लागि अभियान थालिएको हो।    (रासस)





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad