१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आरोही पत्रकारलाई राखेपको झन्डा

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी खेलपत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार आफ्नो झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएको  छ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार आयोजना गरेको नववर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रममा कार्कीलाई सफल आरोहणको शुभकामनासहित झन्डा हस्तान्तरण गरेको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले कार्कीलाई सफल आरोहणका लागि शुभकामना दिँदै झन्डा हस्तान्तरण गरे।

सोही अवसरमा सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसी उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेप सदस्यसचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाल गायतले पनि कार्कीलाई सफलताको शुभकामना दिंदै मायाको चिनो प्रदान गरेका थिए।

कार्की विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सोमबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्नेछिन्।

प्रकाशित: ३० चैत्र २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App