१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङका घरायसी उपकरणमा अफर

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको उमंग, सामसङसँग’ नामको अफर ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरण खरिदमा १५ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ।

सामसङले इन्टरनेट सेवा प्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको बिक्रीमा असीमित इन्टरनेट प्लस नेट टिभी सेवा दिने जनाएको छ । ३२ देखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टिभी खरिदमा उपभोक्ताले १२ क्यासब्याक तथा ६ महिनाको लागि १० एमबिपिएसको असीमिति इन्टरनेट प्लस नेट टिभी सेवा पाउने छन्।

त्यसैगरी, ४९ देखि ५५ इन्चसम्मको फ्ल्याट स्मार्ट टिभी खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यासब्याक सहित ६ महिनाको लागि २५ एमबिपिएसको असीमिति इन्टरनेट प्लस नेट टिभी सेवा पाउने छन् । साथै, ५५ इन्च कभ्र्ड र त्यसमाथिको श्रेणीका एसयुएचडी- क्युएलइडी टिभी खरिदमा १२ प्रतिशत क्यासब्याक सहित एक वर्षको ५० एमबिपिएसको असीमिति इन्टरनेट प्लस नेट टिभी सेवा दिने कम्पनीले जनाएको छ।

अन्य एचडी र एफएचडी टिभी खरिदमा भने उपभोक्ताले अधिकतम खुद्रा मूल्यमा १५ प्रतिशत पक्का क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।यी सेवासँगै उपभोक्ताले सामसङको सबै सिंगल डोर र डबल डोर फ्रिजका केही मोडेलमा  ११ देखि १५ प्रतिशत छुट पाउने बताइएको छ।

त्यसैगरी, नयाँ वासिङ मेसिन, फ्लेक्स वास खरिदमा निःशुल्क सामसङ एयर प्युरिफायर र पाँच हजार रुपैयाँ बराबरको २२ किलो डिटर्जेन्ट पाइने छ । साथै अन्य टपलोड र फ्रन्ट लोड वासिङ मेसिनमा अधिकतम खुद्रा मूल्यमा १० प्रतिशत क्यास ब्याक पाइने कम्पनीको भनाइ छ।

प्रकाशित: ३० चैत्र २०७४ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App