१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नविना लामाकाे विहे तय, प्रधानमन्त्रीलाई निम्तो

प्रधानमन्त्री ओलीसँग नविना र प्रविण ।

काठमाडौं– अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले नयाँ वर्षमा विहे गर्ने भएकी छिन्। ३५ वर्षीया नविनाको विहे प्रेमी प्रविन श्रेष्ठसँग वैशाख १३ गतेका लागि तय भएको हो। श्रेष्ठ अनेरास्ववियुकै नेता हुन्। 

नविनाको आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विहे हुनेछ। आफ्नो विहेमा उपस्थित भइदिन उनले विहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार पुगेर निमन्त्रणा दिएकी छिन्। ओलीले विहे समारोहमा आउने बचन दिएको बताइएको छ।

प्रकाशित: २९ चैत्र २०७४ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App