१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

इक्यानमा पाण्डे समूहको उम्मेदवारी घोषणा

काठमाडौं– वैशाख ८ गते हुने शैक्षिक परामर्श संघ (इक्यान)को चुनावकोलागि अध्यक्ष पदमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। बुधबार एक कार्यक्रम गरि उनले आफनो उम्मेदवारि घोषणा गरेका हुन्। डेढ दशकदेखि शैक्षिक परामर्श सेवामा तल्लीन अध्यक्षका दावेदार पाण्डे बानेश्वरमा रहेको रोयल इजुकेशनल फाउन्डेशनबाट विदेश अध्ययनकोलागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका छन्। 

वैशाख ८ मा हुने इक्यानको १२ औं अधिवेशनले ७ औं अध्यक्ष चयन गर्ने छ। पाण्डे कोषाध्यक्ष र उपाध्यक्ष  हुदै अध्यक्ष पदकोलागि चुनावी मैदानमा उत्रन्दै छन्। पाण्डेको समुहमा उपाध्यक्ष पदकोलागि देवीदास भट्टराई, खड्ग बहादुर ताम्लिङ लिम्बु र सपना राजभण्डारीले उम्मेदवारि घोषणा गरेका छन्। महासचिवमा शेषराज भट्टराई, सचिवमा श्याम बहादुर कँडेल(सोम) र दीपकराज भूषाल चुनावी प्रतिस्पर्धामा उत्रने तय भएको छ। कोषाध्यक्षमा गोविन्द अधिकारी, सहकोषाध्यक्षमा निरुपमा महर्जन चुनवाी मैदानमा उत्रने तयारिमा छन्। 

यसैगरी सदस्यहरुमा प्रकाश श्रेष्ठा, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, यज्ञविलास पौड्याल, बालकृष्ण श्रेष्ठ (बिके), महेश श्रेष्ठ, बासुदेब दाहाल, सुदन चौहान र शुष्मा आचार्य चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। 

वैशाख ८ गते हुने इक्यानको निर्वाचनमा पदाधिकारीसहित १८ जना निर्वाचित हुनेछन्। जसमा पदाधिकारी ९ जना रहनेछन्। ९ जना सदस्यहरु रहनेछन्। इक्यानको विधान अनुसार निर्वाचित अध्यक्षले दुई सदस्य मनोनीत गर्ने व्यवस्था छ।

‘संस्थाले आफ्नो स्थापना र विकास क्रममा नेतृत्व हस्तान्तरणलाई लोकतान्त्रिक विधिसँग जोड्दै आएको छ। संवैधानिक रुपमा अवलम्वन भएको खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थालाई इक्यानले पनि अवलम्वन गर्दै आएको छ,’ पाण्डेले भने‘ नेतृत्व परिवर्तन संस्थाको अविछिन्न उत्तराधिकारको खोजीसँगै संस्थाको जीवन्तताः पनि हो। योपटक पनि हामी संस्थालाई यस्तै भरोसायोग्य, सक्षम तथा सबल नेतृत्व चयनको सम्मुखमा छौँ।’

नेपालको संविधान जारी भई संवैधानिक परिकल्पना अनुसारका तीनै तहका निर्वाचन सम्पन्न भइसकेपछि मुलुक यतिबेला आर्थिक र सामाजिक रुपान्तरणको बाटोमा छ। ‘हामी शैक्षिक क्षेत्रमा आवद्ध परामर्शदाता संस्थाहरु पनि राज्यको यो आकांक्षामा टेवा पु-याउने गरी राज्य निर्देशित नीतिमा आवद्ध भई आफ्ना कर्तव्यका इटा थपिरहेका छौँ,’ उनले थपे।

शैक्षिक परामर्श क्षेत्रमा अहिले पनि विभिन्न चुनौती छन्। यी चुनौतीबीचमा परामर्श क्षेत्रलाई थप प्रभावकारी सशक्त बनाउन उपयुक्त दुष्टिकोणसहितको सक्षम नेतृत्वको आवश्यकता छ। यही आवश्यकतालाई महसुस गरी आगामी दुई वर्षे कार्यकालका लागि विष्णुहरि पाण्डेको नेतृत्वमा नयाँ नेतृत्वको दावेदारी प्रस्तुत गरेको उनको दाबी छ।

प्रकाशित: २९ चैत्र २०७४ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App