१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रावलले सम्मानजनक रुपमै एकता हुनेमा कुनै दुईमत नरहेको बताए। उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त एकता ५०/५० को आधारमा हुनुपर्छ भन्नुभएको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘सख्याँत्मक दृष्टिकोणले को व्यक्ति कहाँ ? कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ, तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केहीपनि होइन भनेर त्यसरी एकता हुँदैन कहिल्यैपनि, अब व्यक्ति–व्यक्ति कुरा अर्थात को व्यक्ति कहाँ जाने ? भन्ने कुरा त अन्तरिम विधान आएपछि छलफल गरेर भन्ने कुरा हो।’

रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भएपनि संस्थागत निर्णय नभएको जिकिर गरे। 

प्रकाशित: २९ चैत्र २०७४ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App