१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दिप आवद्ध दिल्लीको लगातार दोस्रो हार

भारत – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछाने अवद्द टोली दिल्ली डेयर डेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ।

बुधबार राति जयपुरमा भएको खेलमा राजस्थान रेयल्ससँग दिल्ली डकवर्थ लुइस नियमका आधारमा १० रनले पराजित भएको हो।

टस हारेर पहिला ब्यटिङ गरेको राजस्थानले १७ ओभरमा ५ विकेट गुमाउदै १ सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले सर्वाधिक ४५ रन बनाए। उनले ४० बलमा ५ चौंका प्रहर गरेका थिए। त्यस्तै सन्जु सामसनले ३७ र जोस बटलरले २९ र बेन स्टोकले १६ रनको योगदान दिए।

बलिङलर्फ सवाज नदिमले २ तथा ट्रेन्ट बोल्ड र मोहम्मद शामीले एक–एक विकेट लिए।

त्यसपछि पानी परेपछि दोस्रो इनिङको खेल ६ ओभरमा झारिएको थियो। जसमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पायो। तर दिल्लीले ६ ओभरमा ४ विकेट गुमाउँदा ६० रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन म्याक्सवेल र क्रिस मोरीसले समान १७ – १७ तथा ऋशब पन्तले २० रन जोडे।

राजस्थानका बेन लौउ्गलिनले २ र जयदेव उनाडकटले १ विकेट झारे। दिल्ली पहिलो खेलमा पञ्जावसँग ६ विकेटले परजित भएको थियो। यो खेलमा पनि सन्दिपलाई खेलाइएको थिएन्।

प्रकाशित: २९ चैत्र २०७४ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App