१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मंसिरमा आठौं राष्ट्रिय खेलकुद

काठमाडौं – आठौं राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिरमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १ सय नवौं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिर २१ गतेदेखि २८ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

नयाँ सरकार गठनपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बसेको बोर्ड बैठकले ५ नम्बर प्रदेशको नेपालगन्जमा खेलकुद गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।

१० महिनापछि बसेको बोर्ड बैठकमा आठौं खेलकुद, एसियाड, १३औं साग आयोजना गर्नेलगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिए।  

यसअघि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा आयोजना हुँदा आठौं संस्करण मध्यपश्चिमाञ्चलमा गर्ने निर्णय भएको थियो । आठौं खेलकुदका लागि यसअघि नै मस्कट सार्वजनिक भइसकेको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App