१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले ‘फ्युलयोर फन’ योजना अन्तर्गत अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

उक्त योजनामा चौबिसै घन्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घन्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सकिने छ ।‘सही’ डेटा प्याक आज (बिहीबार) देखि लागू हुनेछ । यो डेटा एनसेलका ग्राहकले आधा जिबीदेखि १५ जिबीसम्मको १ दिनदेखि ३० दिनसम्मको समयावधिका चौबिसै घन्टा चलाउन सक्नेछन्।

यसका लागि अल टाइम डेटा प्याकहरु ३९ देखि सात सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।ग्राहकले एक दिन समयावधि रहेको आधा जिबीको सही डेटा प्याक करसहित ३९ मा सुचारु गर्न सक्नेछन् । तीन दिन समयावधि रहेको १.५ जिबी डेटा करसहित ९९ रुपैयाँ, सात दिन समयावधि रहेको ३.५ जिबी डेटा करसहित एक सय ९९ रुपैयाँ र ३० दिन समयावधि रहेको १५ जिबी डेटा करसहित सात सय ९९ रुपैयाँमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७४ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App